आज मिति २०८३/०३/३१ गत्ते बुधबारका दिन रौतामाई गाउँपालिका वडा न.५ का अध्यक्ष श्री पाण्डोव राई ज्यूको संयोजकत्वमा यस श्री कालिकादेवी मा.बि. कालिमाटीको बिद्यालय व्यबस्थापन समिती श्री गोविन्द राई ज्यूको अध्यक्षतामा र शिक्षक अभिभावक संघ श्री सुबास परियार ज्यूको अध्यक्षतामा सर्वसहमतिमा सफलता पूर्वक पुनर्गठन गरिएको छ । साथै बिद्यालय व्यवस्थापन समितिको निवर्तमान अध्यक्ष श्री बासुकुमार राई ज्यू तथा सदस्य ज्यूहरुलाई वहाँहरुको अतुलनीय योगदानको उच्च सम्मान गर्दै दोसल्ला ओडाएर कदर पत्र प्रदान गरियो । सम्पूर्ण नवनिर्वाचित पदाधिकारी ज्यूहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्त गर्दछौ ।
