इन्द्रकुमार राउत (प्रधानाध्यापक)

प्रधानाध्यापकको सन्देश

कालिकादेवी माध्यमिक विधालयको आधिकारिक वेबसाइटमा यहाँहरू सबैलाई हार्दिक स्वागत तथा शुभकामना व्यक्त गर्दछु।

शिक्षा व्यक्तिको जीवन परिवर्तन गर्ने महत्वपूर्ण आधार मात्र नभई सभ्य, संस्कारी, सक्षम र जिम्मेवार समाज निर्माण गर्ने शक्तिशाली माध्यम हो। यसै मान्यतालाई आत्मसात् गर्दै कालीकादेवी माध्यमिक विद्यालयले विद्यार्थीहरूलाई गुणस्तरीय, व्यवहारिक, जीवनोपयोगी तथा समयसापेक्ष शिक्षा प्रदान गर्दै आएको छ। हाम्रो विद्यालयको प्रमुख उद्देश्य विद्यार्थीहरूमा ज्ञान, सीप, सकारात्मक सोच, अनुशासन, नैतिकता, सिर्जनशीलता र नेतृत्व क्षमताको विकास गरी उनीहरूलाई भविष्यका जिम्मेवार तथा सक्षम नागरिकका रूपमा तयार गर्नु हो।वर्तमान समय विज्ञान, प्रविधि र तीव्र परिवर्तनको समय हो। त्यसैले बदलिँदो परिवेशअनुसार शिक्षण–सिकाइका नवीन विधि तथा प्रविधिको प्रयोग गर्दै विद्यार्थीको सर्वाङ्गीण विकासमा विद्यालय निरन्तर केन्द्रित रहेको छ। शैक्षिक उपलब्धिसँगै खेलकुद, अतिरिक्त क्रियाकलाप, सामाजिक जिम्मेवारी, संस्कार तथा मानवीय मूल्यहरूको विकासलाई पनि हामीले समान महत्व दिएका छौँ।विद्यालयको शैक्षिक उन्नति र विद्यार्थीको उज्ज्वल भविष्यका लागि शिक्षक, विद्यार्थी, अभिभावक, विद्यालय व्यवस्थापन समिति तथा समुदायबीचको सहकार्य अत्यन्त आवश्यक छ।

यस महान् यात्रामा यहाँहरूको निरन्तर साथ, सहयोग, सुझाव र विश्वासको अपेक्षा गर्दछु। धन्यवाद!

प्रधानाध्यापक
कालिकादेवी माध्यमिक विधालय

Scroll to Top