विद्यालयको शैक्षिक विकास र गुणस्तरीय शिक्षा प्रवर्द्धनमा सहयोग पुर्याउने सम्पूर्ण दाता, अभिभावक, पूर्वविद्यार्थी, संघ–संस्था, स्थानीय समुदाय तथा शुभेच्छुकहरूप्रति विद्यालय हार्दिक आभार व्यक्त गर्दछ। विद्यालयलाई आर्थिक सहयोगका साथै पुस्तक, शैक्षिक सामग्री, फर्निचर, कम्प्युटर तथा अन्य उपकरण, निर्माण सामग्री एवं विभिन्न सेवा र सीपका रूपमा प्राप्त सहयोगले विद्यालयको भौतिक तथा शैक्षिक विकासमा महत्वपूर्ण योगदान पुर्याएको छ। विद्यालयप्रति यहाँहरूको निरन्तर सहयोग, सद्भाव र प्रतिबद्धताप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दछौँ ।
महानुभावहरुले गर्नुभएको सौजन्य/सहयोग विवरण
सरकारी तथा गैरसरकारी संस्थाहरुबाट प्राप्त सहयोग
रौतामाई गाउँपालिका, ५ नं वडा कार्यालय
(१) विधालय भवनको लागि जस्तापास्ता
(२) एक थान डेस्कटप कम्प्युटर
(३) दुई ओटा कोठाहरुको लागि कार्पेट
रौतामाई गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय, भुट्टार
(१) तीन थान डिजिटल स्मार्ट बोर्ड
(२) दुई थान ल्यापटप
(३) एक थान प्रिन्टर
(४) विज्ञान प्रयोगशाला विभिन्न सामाग्रीहरु
(५) विधालय व्यवस्थापन र टनेल एक थान
माई बुक बडी फाण्डेसन, नेदरल्याण्ड
My Book Buddy Foundation
(MBB-Foundation)
the Netherlands
(१) दुई हजार सात सय (२७००) ओटा विभिन्न बालसाहित्यका पुस्तकहरु
(२) दश ओटा काठको बुककेसहरु
(३) सय ओटा बुक ब्याग
मानव अधिकार र वातावरण विकास केन्द्र (हुरेण्डेक)
Human Rights and Environment Development Center (HURENDEC)
(१) एक हजार लिटर क्षमताको हिलट्यांक
