विधालयको शैक्षिक लक्ष्य प्राप्त गर्न तथा आर्थिक व्यवस्थापनमा सहयोग पुग्ने उद्देश्यसहित विधालयको तत्कालीन वि.व्य.स. अध्यक्ष बासुकुमार राईको नेतृत्व, प्र.अ. इन्द्रकुमार राउत, र विधालय प्रशासनको पहलमा विधालयको नाममा हुनेगरी वि.स. २०७८ सालमा "श्री. कालिकादेवी मा.वि.शैक्षिक गुणस्तर सुधार अक्षयकोष (Endowment Fund)" को सुरुवात गरिएको छ । वर्तमान तथा पूर्व शिक्षक, कर्मचारी, पूर्व विधार्थी, छिमेकी विधालयलगायत विभिन्न सहयोगी दाताहरुले उद्दारताका साथ यो कोषमा योगदान गर्नुभएको छ । यो कोषमा जोकोहीले आर्थिक सहयोग गर्नको लागि विशेष अनुरोध तथा सहजीकरण गरिएको छ । हालसम्म विभिन्न सहयोगी महानुभावहरुले ठूलो आर्थिक सहयोग गरेर यो कोषलाई वुद्दि गर्नमा महत्वपूर्ण योगदान गर्नुभएको छ । सहयोगीदाताहरुप्रति विधालय परिवार सदैव आभार प्रकट गर्दछ ।
To achieve the school's educational goals and support its financial management, ''the Kalikadevi Secondary School Quality Education Improvement Endowment Fund' was established in 2078 B.S. (2021/2022 A.D.) in the school's name. Mr. Basu Kumar Rai, the then Chairperson of the School Management Committee (SMC), led the initiative in collaboration with the principal Indra Kumar Raut, and the school administration. Current and former teachers, staff members, alumni, neighboring schools, and various generous donors have contributed to this fund with great generosity. The school warmly encourages and facilitates financial contributions from anyone willing to support this initiative. To date, many well-wishers have made substantial financial contributions, playing an important role in increasing the fund's capital. The entire school community extends its heartfelt gratitude to all donors and supporters for their valuable contributions toward improving the quality of education at the school.
परिकल्पना/दूरदृष्टि/दर्शन (Vision)
अक्षयकोषको दिगो आम्दानीमार्फत गुणस्तरीय, समावेशी, प्रविधिमैत्री र जीवनोपयोगी शिक्षा प्रदान गर्ने उत्कृष्ट शैक्षिक संस्था निर्माण गर्नु
ध्येय (Mission)
अक्षयकोषको मूलधनलाई सुरक्षित र दीगो रूपमा व्यवस्थापन गरी त्यसबाट प्राप्त ब्याज तथा आम्दानीलाई विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, शिक्षक विकास, विद्यार्थीको सिकाइ सुधार, शैक्षिक स्रोतसाधन विकास तथा नवीन शैक्षिक कार्यक्रम सञ्चालनमा पारदर्शी र प्रभावकारी रूपमा परिचालन गर्नु
लक्ष्य (Goal)
अक्षयकोषबाट प्राप्त ब्याज आम्दानीलाई नियमित र योजनाबद्ध रूपमा परिचालन गरी विद्यालयको शैक्षिक गुणस्तर, विद्यार्थीको सिकाइ उपलब्धि र समग्र शैक्षिक वातावरणमा सुधार ल्याउनु
उद्देश्यहरू (Objectives)
(१) गुणस्तरीय शिक्षामा लगानी गर्ने: अक्षयकोषबाट प्राप्त ब्याज आम्दानीलाई विद्यालयको शैक्षिक गुणस्तर सुधारका कार्यक्रमहरूमा परिचालन गर्ने।
(२) शिक्षकको क्षमता विकास गर्ने: शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि गर्न तालिम, कार्यशाला, गोष्ठी तथा अन्य क्षमता विकास कार्यक्रममा सहयोग गर्ने।
(३) विद्यार्थीको सिकाइ उपलब्धि सुधार गर्ने: विद्यार्थीको सिकाइ उपलब्धि, सिर्जनशीलता, प्रतिभा र व्यावहारिक सीप विकासमा सहयोग गर्ने।
(४) शैक्षिक सामग्री तथा स्रोतसाधन विकास गर्ने: पुस्तकालय, विज्ञान प्रयोगशाला, सूचना तथा सञ्चार प्रविधि, डिजिटल सिकाइ सामग्री र अन्य आवश्यक शैक्षिक स्रोतसाधनको विकासमा सहयोग गर्ने।
(५) प्रतिभाशाली तथा आवश्यकतामा रहेका विद्यार्थीलाई सहयोग गर्ने: आर्थिक वा अन्य कारणले शैक्षिक अवसरमा कठिनाइ भोगिरहेका विद्यार्थीलाई आवश्यक शैक्षिक सहयोग उपलब्ध गराउन कोषको आम्दानी परिचालन गर्ने।
(६) नवीन तथा प्रविधिमैत्री शिक्षालाई प्रोत्साहन गर्ने: डिजिटल प्रविधि, अनुसन्धान, सिर्जनात्मक सिकाइ, परियोजनामा आधारित सिकाइ तथा नवीन शैक्षिक अभ्यासलाई प्रोत्साहन गर्ने।
(७) शैक्षिक वातावरण सुधार गर्ने: सुरक्षित, बालमैत्री, समावेशी, स्वच्छ तथा सिकाइका लागि अनुकूल विद्यालय वातावरण निर्माणमा योगदान गर्ने।
(८) अतिरिक्त तथा प्रतिभा विकास कार्यक्रम सञ्चालन गर्ने: विद्यार्थीका अतिरिक्त क्रियाकलाप, खेलकुद, कला, साहित्य, विज्ञान, संस्कृति तथा नेतृत्व विकाससम्बन्धी कार्यक्रमलाई प्रोत्साहन गर्ने।
(९) दीगो आर्थिक स्रोत निर्माण गर्ने: अक्षयकोषको मूलधनलाई सुरक्षित राख्दै यसको आकार क्रमशः वृद्धि गरी विद्यालयको शैक्षिक विकासका लागि दीर्घकालीन र आत्मनिर्भर आर्थिक स्रोत निर्माण गर्ने।
(१०) पारदर्शी र उत्तरदायी व्यवस्थापन गर्ने: अक्षयकोषको आम्दानी तथा खर्चलाई पारदर्शी, मितव्ययी, उत्तरदायी र निर्धारित उद्देश्यअनुरूप व्यवस्थापन गर्ने।
यस कोषमा उद्दार मनले सहयोग गर्नुभएकाहरुका विवरण तल प्रस्तुत छः
