7696eaa5 8343 42a8 a642 86f5fb48e4dd
बासुकुमार राई
(पूर्व वि.व्य.स. अध्यक्ष)
सेवावधिः वि.सं. २०७५ भदौ १५ गतेदेखि २०८३ जेठ ५ गते
(करिब ८ वर्ष)

कालिकादेवी माध्यमिक विधालयसँग मेरो यात्रा: अध्ययन, सेवा, नेतृत्व र योगदान (एक प्रतिवेदन)

कालिकादेवी माध्यमिक विधालययसँग मेरो सम्बन्ध केवल एउटा पूर्वविधार्थीको सम्बन्धमा मात्र सीमित छैन। यस विधालययसँग मेरो शैक्षिक जीवन, शिक्षण सेवा, विधालयय व्यवस्थापन तथा नेतृत्वका विभिन्न चरणहरू जोडिएका छन्। विधार्थीको रूपमा यस विधालयय प्रवेश गरेको मेरो यात्रा शिक्षक, विधालयय व्यवस्थापन समिति सदस्य हुँदै विधालयय व्यवस्थापन समितिको अध्यक्षको जिम्मेवारीसम्म आइपुग्यो। यस क्रममा विधालयको विकास, शैक्षिक गुणस्तर अभिवृद्दि र संस्थागत सुधारका लागि आफ्नो क्षमता, समय र अनुभवले भ्याएसम्म योगदान गर्ने अवसर प्राप्त भयो।

विधालयसँगको मेरो सम्बन्ध र सेवा यात्रा

वि.सं. २०४९ देखि २०५५ सालसम्म: मैले यस विधालयमा कक्षा १ देखि ५ सम्म अध्ययन गरी आफ्नो प्रारम्भिक शैक्षिक यात्रा पूरा गरेँ। वि.सं. २०६१ देखि २०६३ सालसम्म: विधालयको निम्न माध्यमिक तहमा निजी स्रोतबाट शिक्षकका रूपमा सेवा गर्ने अवसर प्राप्त भयो। यस अवधिमा आफूले अध्ययन गरेको विधालयमै शिक्षकको भूमिकामा रहेर विधार्थीको सिकाइ तथा विधालयको शैक्षिक गतिविधिमा योगदान गर्ने अवसर पाएँ। वि.सं. २०७३ देखि २०७५ सालसम्म: विधालय व्यवस्थापन समितिको सदस्यका रूपमा रही विधालयको व्यवस्थापन, विकास तथा शैक्षिक सुधारका कार्यमा सहभागी भएँ। वि.सं. २०७५ भदौ १५ गतेदेखि २०८३ जेठ ५ गतेसम्म: विधालय व्यवस्थापन समितिको अध्यक्षका रूपमा जिम्मेवारी सम्हाल्दै विधालयको समग्र विकास, शैक्षिक गुणस्तर सुधार, भौतिक पूर्वाधार निर्माण, प्रविधिको प्रयोग, अतिरिक्त क्रियाकलाप विस्तार तथा विभिन्न निकाय र संस्थासँगको सहकार्यमा नेतृत्वदायी भूमिका निर्वाह गरेँ। यसरी हेर्दा, कालिकादेवी माध्यमिक विधालयसँगको मेरो यात्रा विधार्थीबाट शिक्षक, शिक्षकबाट व्यवस्थापन समिति सदस्य र सदस्यबाट नेतृत्वदायी जिम्मेवारीमा पुगेको लामो संस्थागत यात्राका रूपमा रहेको छ।

अध्यक्षका रूपमा मेरो कार्यकालका प्रमुख कार्य तथा उपलब्धिहरू

विधालय व्यवस्थापन समितिको अध्यक्षका रूपमा जिम्मेवारीमा रहँदा विधालयको शैक्षिक तथा भौतिक विकासलाई प्राथमिकतामा राखी विभिन्न कार्यक्रम तथा सुधारका कार्यहरू अघि बढाइएका थिए। तीमध्ये प्रमुख कार्यहरू निम्न छन्:

(१) शैक्षिक गुणस्तर सुधार अक्षयकोषको स्थापना: वि.सं. २०७८ सालमा विधालयको शैक्षिक गुणस्तर अभिवृद्दि गर्ने उद्देश्यले ‘कालिकादेवी विधालय शैक्षिक गुणस्तर सुधार अक्षयकोष (Kalikadevi Secondary School Quality Education Improvement Endowment Fund) को स्थापना गरियो। हालसम्म यस कोषमा रु. ६,०९,८४६/- संकलन भएको छ। यसरी यस कोषको संस्थापक अध्यक्षका रूपमा रहेर यसको स्थापना र विकासमा भूमिका निर्वाह गर्ने अवसर प्राप्त भयो।

(२) विधालयको भौतिक पूर्वाधार विकास: विधालयको भौतिक संरचना सुधार तथा विधार्थीको लागि सुरक्षित र अनुकूल सिकाइ वातावरण निर्माण गर्ने उद्देश्यले विभिन्न पूर्वाधार विकासका कार्यहरू सम्पन्न गरिए। यस क्रममा: दुई कोठे ट्रस्टेड विधालय भवन निर्माण, चार कोठे पक्की भवन निर्माण, विधालयको गेट निर्माण तथा विधालय परिसर वरिपरि तारजाली घेराबार, र विधालयको परिसरलाई थप व्यवस्थित, सुरक्षित तथा आकर्षक बनाउने कार्यहरू अघि बढाइए।

(३) स्वच्छ खानेपानी तथा सरसफाइको व्यवस्थापन: विधार्थी, शिक्षक तथा कर्मचारीको स्वास्थ्य र स्वच्छतालाई ध्यानमा राखी विधालयमा स्वच्छ खानेपानीको व्यवस्था गरिएको छ। बालमैत्री धाराको निर्माण गर्नुका साथै कक्षाकोठा तथा शिक्षक कोठामा फिल्टरसहितको खानेपानीको व्यवस्था गरियो।

(४) विधालयको प्रशासनिक तथा कार्यस्थल व्यवस्थापन: विधालयको दैनिक प्रशासनिक कार्यलाई व्यवस्थित र प्रभावकारी बनाउन विधालय सचिवालयको व्यवस्थापन गरियो। साथै शिक्षक तथा कर्मचारीका लागि आवश्यक कार्यकक्षको व्यवस्थापन तथा सुधार गरियो ।

(५) सूचना प्रविधि र डिजिटल शिक्षाको सुरुवात: समयअनुकूल शिक्षण-सिकाइका लागि सूचना प्रविधिको प्रयोगलाई प्राथमिकता दिँदै: कम्प्युटर प्रयोगशालाको स्थापना, कम्प्युटर कक्षाको सुरुवात, र विधालयमा इन्टरनेट सेवा जडान गरियो साथै मेरो व्यक्तिगत र मेरो मित्र तथा यस विधालयको पूर्व विधार्थी श्यामकुमार राई (विमल) को सौजन्यमा विधालयको आधिकारिक वेबसाइट (Website) निर्माण गरियो र विधार्थी तथा समग्र विधालयको सुरक्षा प्रोटोकललाई ध्यानमा राखी विधालय परिसरमा CCTV जडान गर्ने निर्णयसमेत गरिएको छ । यी कार्यहरूले विधालयको प्रशासनिक तथा शैक्षिक गतिविधिमा प्रविधिको प्रयोगलाई विस्तार गर्न सहयोग पुर्‍याएका छन्।

(६) विज्ञान प्रयोगशाला र पुस्तकालयको स्थापना: विधार्थीको व्यवहारिक सिकाइ र अध्ययन संस्कृतिको विकासका लागि विज्ञान प्रयोगशाला स्थापना गरियो। त्यसैगरी, अध्ययन तथा पठन संस्कृतिको विकास गर्ने उद्देश्यले पुस्तकालय स्थापना गरियो। विशेषतः My Book Buddy Foundation, The Netherlands को सहयोगमा ‘मेरो किताब साथी पुस्तकालय’ स्थापना गर्न पहल तथा समन्वय गर्ने अवसर प्राप्त भयो। यस पुस्तकालयअन्तर्गत २७०० ओटा विभिन्न बालसाहित्यका पूस्तकहरु उपलब्ध छन् ।

(७) विधार्थी तथा विधालय समुदायका लागि विभिन्न कार्यक्रम: विधालयमा विधार्थीको सर्वाङ्गीण विकासलाई ध्यानमा राखी विभिन्न नयाँ कार्यक्रमहरूको सुरुवात तथा व्यवस्थापन गरियो। तीमध्ये: विधार्थी, शिक्षक तथा कर्मचारीका लागि परिचयपत्रको व्यवस्थ, विधार्थीका लागि दिवा खाजा कक्षको व्यवस्थापन।प्रत्येक शुक्रबार अतिरिक्त क्रियाकलाप सञ्चालन गर्ने अभ्यासको सुरुवात,‘हेल्लो अभिभावक’ कार्यक्रमको सुरुवात, प्रत्येक वर्ष विधालयको वार्षिकोत्सव मनाउने परम्पराको सुरुवात, विधार्थीको खेलकुद विकासका लागि ‘मा.वि. कालिमाटी खेलकुद विकास कार्यक्रम’ को सुरुवात, विधालय परिसरभित्र तथा बाहिर वृक्षारोपण कार्यक्रम सञ्चालन र ‘एक विधालय, एक फूलबारी’ अवधारणाको विकास तथा कार्यान्वयनको पहल गरियो । यी कार्यक्रमहरूले विधालयलाई केवल औपचारिक शिक्षाको केन्द्रका रूपमा मात्र नभई विधार्थीको सामाजिक, सिर्जनात्मक, व्यावहारिक तथा व्यक्तित्व विकासको केन्द्रका रूपमा विकास गर्ने प्रयासलाई प्रतिनिधित्व गर्छन्।

(८) विधालयसँग सम्बन्धित समुदाय र सरोकारवालाको सहभागिता: विधालयको विकासमा अभिभावक, पूर्वविधार्थी, शुभेच्छुक तथा सहयोगी व्यक्ति तथा संस्थाको भूमिका महत्वपूर्ण हुने भएकाले: पूर्वविधार्थी संघ (Alumni Association) को गठन गरियो। विधालयलाई सहयोग गर्ने व्यक्ति तथा संस्थालाई सम्मानस्वरूप कदरपत्र प्रदान गर्ने अभ्यास सुरु गरियो। विधालय र अभिभावकबीच नियमित संवाद तथा सहकार्यका लागि ‘हेल्लो अभिभावक’ कार्यक्रम सञ्चालन गरियो। यसबाट विधालयको विकासमा विधालय परिवारसँगै अभिभावक, पूर्वविधार्थी र समुदायको सहभागिता बढाउने प्रयास गरिएको थियो।

विभिन्न सरकारी निकाय तथा संघसंस्थासँग समन्वय तथा सहकार्य

विधालयको विकासका लागि उपलब्ध स्रोत र सम्भावनालाई अधिकतम उपयोग गर्ने उद्देश्यले मेरो कार्यकालमा विभिन्न सरकारी निकाय र गैरसरकारी संस्थाहरुसँग समन्वय र सहकार्य गरिएको थियो। विशेषतः निम्न निकाय तथा संस्थासँग सहकार्य भएको थियो:

(१) संघीय सरकार
(२) स्थानीय सरकार/रौतामाई गाउँपालिकाको कार्यालय तथा वडा नं. ५ को कार्यालय
(३) My Book Buddy Foundation, The Netherlands
(४) World Vision International
(५) जाल्पा एकीकृत विकास समाज
(६) हुरेण्डेक
(७) सुखी संसार नेपाल

यी निकाय तथा संस्थासँगको सहकार्यले विधालयका विभिन्न शैक्षिक, भौतिक तथा संस्थागत विकासका गतिविधिहरू अघि बढाउन सहयोग पुर्‍याएको छ ।

शैक्षिक सामग्री व्यवस्थापनमा पहल

विधालयको शैक्षिक वातावरणलाई थप समृद्ध बनाउन विभिन्न व्यक्ति तथा शुभेच्छुकहरूबाट सौजन्यस्वरूप प्राप्त हुने शैक्षिक सामग्रीहरूको व्यवस्थापनमा मैले आफ्नो तर्फबाट आवश्यक समन्वय र पहल गर्ने अवसर पाएँ। विधालयको आवश्यकता पहिचान गरी सम्भावित सहयोगदाता तथा शुभेच्छुकहरूसँग सम्पर्क र समन्वय गर्ने कार्यमा पनि आफ्नो भूमिकालाई निरन्तरता दिएँ।

मेरो कार्यकाल : एउटा जिम्मेवारी, एउटा अनुभव

यस विधालयको विधालय व्यवस्थापन समितिको अध्यक्षका रूपमा बिताएको अवधि मेरो व्यक्तिगत जीवनको महत्वपूर्ण र अर्थपूर्ण अनुभवका रूपमा रहेको छ। आफूले बाल्यकालमा विधार्थीको रूपमा अध्ययन गरेको विधालयमा पछि शिक्षकका रूपमा सेवा गर्ने, व्यवस्थापन समितिको सदस्य बन्ने र अन्ततः विधालय व्यवस्थापन समितिको अध्यक्षका रूपमा विधालयको नेतृत्व गर्ने अवसर प्राप्त हुनु मेरो लागि विशेष अनुभव हो।

विधालयको नेतृत्व गर्नु केवल एउटा पद सम्हाल्नु मात्र होइन; विधालयका विधार्थी, शिक्षक, कर्मचारी, अभिभावक, पूर्वविधार्थी, समुदाय तथा सम्पूर्ण विधालय परिवारप्रति जिम्मेवारी वहन गर्नु पनि हो। यस जिम्मेवारीका क्रममा विधालयका आवश्यकता पहिचान गर्ने, सम्बन्धित निकाय तथा संस्थासँग समन्वय गर्ने, उपलब्ध स्रोत–साधनको उपयोग गर्ने र विधालयको समग्र विकासका लागि सामूहिक प्रयासलाई अघि बढाउने अनुभव प्राप्त भयो। यस अवधिमा सम्पन्न भएका कार्यहरू कुनै एक व्यक्तिको मात्र उपलब्धि होइनन्। यी कार्यहरू समितिका पदाधिकारी, विधालय परिवार, शिक्षक तथा कर्मचारी, अभिभावक, विधार्थी, स्थानीय समुदाय, सरकारी निकाय, सहयोगी संघसंस्था, पूर्वविधार्थी तथा विभिन्न शुभेच्छुकहरूको सामूहिक प्रयास र सहकार्यका परिणाम हुन्। अध्यक्षका रूपमा मैले ती प्रयासहरूलाई समन्वय गर्ने र सम्भव भएसम्म नेतृत्व प्रदान गर्ने जिम्मेवारी निर्वाह गरेको हुँ।

आज पनि कालिकादेवी माध्यमिक विद्यालयसँग मेरो सम्बन्ध उत्तिकै आत्मीय छ। विद्यार्थीका रूपमा सुरु भएको मेरो विद्यालय यात्रा विभिन्न जिम्मेवारी पार गर्दै सेवा र योगदानको यात्रामा परिणत भयो। त्यसैले, यस विद्यालयसँग जोडिएका मेरा अनुभव, जिम्मेवारी र योगदानहरू मेरो व्यक्तिगत जीवनको एउटा महत्वपूर्ण अध्याय मात्र नभई आफूले अध्ययन गरेको संस्थाप्रति जिम्मेवारी र कृतज्ञता व्यक्त गर्ने अवसर पनि हुन्।

कालिकादेवी माध्यमिक विद्यालयको निरन्तर प्रगति, शैक्षिक उन्नति र उज्ज्वल भविष्यका लागि मेरो सदैव शुभेच्छा र सहयोग रहनेछ। धन्यवाद ।

Scroll to Top