परिचय
श्री कालिकादेवी माध्यमिक विधालय उदयपुर जिल्लाको रौतामाई गाउँपालिका–५, कालिमाटीमा अवस्थित एक पुरानो, सामुदायिक तथा सार्वजनिक शैक्षिक संस्था हो। स्थानीय समाजसेवी, बुद्दिजिवि, शिक्षाप्रेमी तथा अग्रज व्यक्तिहरूको सामूहिक पहल, समर्पण र शैक्षिक चेतनाबाट स्थापित यस विधालयले ग्रामीण तथा दुर्गम क्षेत्रका बालबालिकालाई शिक्षाको अवसर प्रदान गर्दै आएको छ। हाल विद्यालयले प्रारम्भिक बालविकास (ECD) देखि कक्षा १० सम्मको शिक्षा प्रदान गरिरहेको छ।विधालयको स्थापना केवल एउटा शैक्षिक संस्था निर्माण गर्ने उद्देश्यले मात्र नभई स्थानीय समुदायका बालबालिकालाई आफ्नै गाउँ–ठाउँमा गुणस्तरीय शिक्षा उपलब्ध गराउने सामाजिक अभियानका रूपमा भएको हो । सीमित स्रोत–साधन, भौगोलिक कठिनाइ र विभिन्न चुनौतीका बीच स्थानीय समुदायको निरन्तर सहयोग, अभिभावकहरूको विश्वास तथा शिक्षकहरूको योगदानबाट विधालय क्रमशः विकसित हुँदै आएको छ ।विधालयको नाम कालिकादेवी मन्दिरसँग सम्बन्धित छ। विधालयको प्रारम्भिक स्थान सोही मन्दिर परिसरको आसपास रहेको र त्यही धार्मिक तथा स्थानीय सांस्कृतिक पहिचानका आधारमा विधालयको नाम “श्री कालिकादेवी” राखिएको विधालयको ऐतिहासिक दस्तावेजमा उल्लेख गरिएको छ ।आजको समयमा विधालयको परम्परागत शिक्षण प्रणालीसँगै प्रविधिमैत्री तथा गुणस्तरीय शिक्षातर्फ अघि बढ्ने लक्ष्य लिएको छ। विधालयमा इन्टरनेट, विज्ञान प्रयोगशाला, डिजिटल बोर्ड, पुस्तकालय तथा विषयगत शिक्षकसहितको शैक्षिक वातावरण विकास गर्ने प्रयास भइरहेको छ ।
इतिहास
श्री कालिकादेवी माध्यमिक विधालयको इतिहास स्थानीय समुदायको शैक्षिक जागरण, सामुदायिक सहभागिता र निरन्तर संघर्षसँग जोडिएको छ। विधालयको सुरुआत वि.सं. २०४० साल माघ महिनामा भएको हो। त्यस समयमा स्थानीय समाजसेवी, बुद्दिजिवि तथा सक्रिय शिक्षाप्रेमी अग्रजहरूको पहलमा विधालय स्थापना गर्ने प्रयास अघि बढाइएको थियो।प्रारम्भिक चरणमा विधालय पोखरीगाउँको पाटीडाँडाँ भन्ने स्थानमा सञ्चालन गरिएको थियो। स्थानीय स्रोत–साधनको प्रयोग गरी एउटा सामान्य छाप्रो निर्माण गरेर पठनपाठन सुरु गरिएको थियो। त्यस समयमा राधेश्याम राईलाई शिक्षकका रूपमा राखी बालबालिकालाई शिक्षा प्रदान गर्ने कार्य सुरु गरिएको थियो। औपचारिक भौतिक संरचना र पर्याप्त स्रोत–साधन नभए पनि स्थानीय समुदायको उत्साह र शिक्षाप्रतिको चाहनाले विधालयको यात्रा प्रारम्भ भएको थियो।विधालयको नामकरण पनि यसको स्थानीय सांस्कृतिक तथा धार्मिक परिवेशसँग जोडिएको छ। विधालय स्थापना गरिएको क्षेत्रको नजिकै रहेको कालिकादेवी मन्दिरका कारण विधालयको नाम “श्री कालिकादेवी” राखिएको अभिलेखमा उल्लेख छ।
स्थान परिवर्तन र विकासको चरण
विधालय स्थापनापछि प्रारम्भिक स्थान पठनपाठनका लागि पर्याप्त अनुकूल नभएको महसुस भएपछि स्थानीय जनताको सक्रियतामा विधालयलाई अर्को स्थानमा सार्ने निर्णय भयो। यसैक्रममा वि.सं. २०४१ सालमा विधालयलाई साविक कालिमाटी क्षेत्रको पुरानो गाउँमा रहेको कटुवाल परिवारको जग्गामा छाप्रो निर्माण गरी सञ्चालन गरियो । तर, वि.सं. २०४२ सालमा विधालय सञ्चालन भइरहेको समयमा एक विधार्थी बिरामी भई निधन भएको दुःखद घटना भएपछि उक्त स्थान विधालयको लागि उपयुक्त नभएको स्थानीय समुदायले महसुस गर्यो । त्यसपछि विधालयको लागि सुरक्षित र उपयुक्त स्थान खोज्ने प्रक्रिया अघि बढाइयो । त्यसक्रममा विधालयको पुरानो स्थानबाट करिब १५० मिटर पश्चिमतर्फ, लिलबहादुर र देवबहादुर राईको सीमाना पर्ने गडाबारी भन्ने स्थानमा, कालिकादेवी मन्दिरको उत्तरतर्फ विधालय स्थापना गर्ने निर्णय गरियो । स्थानीय समुदायको सहयोग र सक्रियतामा त्यहाँ विधालय भवन निर्माण गरी पठनपाठन सञ्चालन गरियो ।
समुदायको योगदान
विधालयको विकासमा स्थानीय समुदायको योगदान अत्यन्त महत्वपूर्ण रहेको छ । विधालयको लागि आवश्यक जग्गा तथा भौतिक संरचना निर्माणमा स्थानीय बासिन्दाले सहयोग गरेका थिए। उपलब्ध दस्तावेजअनुसार विधालयको जग्गालाई पछि चन्दा संकलन गरी रु. २५,००० मा विधालयको नाममा लिखत पारित गरिएको थियो। यसले विधालय निर्माण र विकासमा समुदायको स्वामित्व तथा सहभागिताको महत्वपूर्ण भूमिका रहेको स्पष्ट गर्छ।
शैक्षिक विकास तथा कक्षा विस्तार
विद्यालय प्रारम्भमा निजी स्रोतबाट सञ्चालन हुँदै आएको थियो। समयक्रममा विद्यालयले आफ्नो शैक्षिक सेवा क्रमशः विस्तार गर्दै प्राथमिक तहबाट निम्न माध्यमिक हुँदै माध्यमिक तहसम्मको शिक्षा प्रदान गर्ने अवस्थामा पुगेको हो। विभिन्न चरणमा कक्षाहरू थप गर्दै विद्यालयले स्थानीय विद्यार्थीलाई आफ्नै समुदायमा आधारभूत तथा माध्यमिक शिक्षा प्राप्त गर्ने अवसर प्रदान गर्दै आएको छ।विद्यालयको कक्षा विस्तार तथा स्वीकृतिको क्रम निम्नानुसार रहेको छ:
मिति २०४५/११/०२ गते कक्षा १ सञ्चालनका लागि जिल्ला शिक्षा कार्यालय, उदयपुरबाट स्वीकृति प्राप्त भएपछि विद्यालयको शैक्षिक यात्राले गति लिएको देखिन्छ। त्यसपछि मिति २०४५ /११/०६ गते स्थानीयवासी इन्द्रकुमार राउतलाई शिक्षक पदमा नियुक्त गरिएको थियो।
त्यसपश्चात् विद्यालयले क्रमशः कक्षा ६, ७ र ८ तथा कक्षा ९ र १० सञ्चालनका लागि सम्बन्धित निकायबाट स्वीकृति प्राप्त गर्दै आफ्नो शैक्षिक सेवा विस्तार गरेको हो। यस क्रममा २०६८ सालदेखि विद्यालयका विद्यार्थीहरू एस.एल.सी. परीक्षामा सहभागी हुन थालेका थिए। यसले विद्यालयलाई माध्यमिक तहसम्मको शिक्षा प्रदान गर्ने संस्थाका रूपमा थप स्थापित गर्न महत्वपूर्ण योगदान पुर्यायो।
वर्तमान अवस्था र भावी दिशा
आज यो विधालय रौतामाई गाउँपालिकाको एक महत्वपूर्ण सामुदायिक विधालयका रूपमा स्थापित भएको छ। विधालयले आगामी दिनमा गुणस्तरीय, प्रविधिमैत्री, बालमैत्री, विधार्थीमैत्री, व्यवहारिक शिक्षा प्रदान गर्दै नमुना विधालय तथा निकट भविष्यमा कक्षा १२ सम्मको कार्यक्रम संचालन गर्ने लक्ष्य राखेको छ । विधालयले इन्टरनेट, विज्ञान प्रयोगशाला, डिजिटल बोर्ड, पुस्तकालय तथा विषयगत शिक्षकको व्यवस्थापन तथा प्रविधिको प्रयोगमार्फत शिक्षण सिकाइलाई प्रभावकारी बनाउने लक्ष्य राखेको छ । यसरी हेर्दा श्री कालिकादेवी माध्यमिक विधालयको इतिहास केवल भवन, कक्षा र शैक्षिक तह विस्तारको इतिहास मात्र होइन; यो स्थानीय समुदायको शैक्षिक चेतना, सामूहिक प्रयास, त्याग, सहयोग र भावी पुस्तालाई शिक्षित बनाउने साझा संकल्पको इतिहास हो। चार दशकभन्दा लामो यात्रामा विधालयले विभिन्न चुनौती पार गर्दै आजको अवस्थामा आइपुगेको छ र आगामी दिनमा अझ गुणस्तरीय शिक्षा प्रदान गर्दै स्थानीय समाजको शैक्षिक तथा सामाजिक विकासमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
विधालयको आगामी लक्ष्य प्राप्त गर्न तथा आर्थिक व्यवस्थापनमा सहयोग पुग्ने आशयसहित विधालयको तत्कालीन वि.व्य.स. अध्यक्ष बासुकुमार राईको नेतृत्व तथा विधालय प्रशासनको विशेष पहलमा विधालयको नाममा हुनेगरी वि.स. २०८१ सालमा "श्री. कालिकादेवी मा.वि.शैक्षिक गुणस्तर सुधार अक्षयकोष (Endowment Fund)" को सुरुवात गरिएको छ । बहालवाला शिक्षक तथा कर्मचारी, पूर्व विधार्थी तथा कर्मचारी, छिमेकी विधालयलगायत विभिन्न सहयोगी दाताहरुले उद्दारताका साथ यो कोषमा योगदान गर्नुभएको छ । यो कोषमा जोकोहीले आर्थिक सहयोग गर्नको लागि विशेष अनुरोध तथा सहजीकरण गरिएको छ ।
Introduction
Shree Kalikadevi Secondary School is an old, community-based public educational institution located in Kalimati, Ward No. 5, Rautamai Rural Municipality, Udayapur District, Nepal. Established through the collective initiative, dedication, and educational awareness of local social workers, intellectuals, education enthusiasts, and respected community members, the school has been providing educational opportunities to children from rural and remote areas. Currently, the school offers educational programmes from Early Childhood Development (ECD) to Grade 10. The school was established not merely to create an educational institution but also as a social initiative to provide quality education to children within their own community. Despite limited resources, geographical difficulties, and various challenges, the school has gradually developed through the continuous support of the local community, the trust of parents, and the contributions of teachers. The school's name is associated with Kalikadevi Temple. Historical records indicate that the school's original location was near the temple premises and that the name Shree Kalikadevi was chosen in recognition of the area's religious and cultural identity. Today, the school aims to move beyond traditional teaching methods towards quality, technology-friendly education. Efforts are being made to develop a supportive learning environment equipped with internet facilities, a science laboratory, digital boards, a library, and subject-specific teachers.
History
The history of Shree Kalikadevi Secondary School is closely connected with the educational awakening, community participation, and continuous efforts of the local people. The school was established in January 1984 (Magh 2040 B.S.). At that time, local social workers, intellectuals, and active education enthusiasts took the initiative to establish a school in the area. Initially, the school operated at a place known as Patidanda in Pokharigaun. A simple thatched shelter was constructed using locally available resources, and teaching and learning activities began there. At that time, Radheshyam Rai was appointed as a teacher to provide education to local children. Although the school lacked formal infrastructure and adequate resources, the enthusiasm of the community and its desire for education marked the beginning of the school's journey. The naming of the school was also associated with the local cultural and religious environment. According to historical records, the school was named Shree Kalikadevi after Kalikadevi Temple, which is located near the area where the school was established.
Relocation and Development
After the school's establishment, the initial location was found to be unsuitable for teaching and learning. Therefore, with the active participation of local people, a decision was made to relocate the school. Accordingly, in 1985 (2041 B.S.), the school was moved to the old village of the former Kalimati area, where a thatched shelter was constructed on land belonging to the Katuwal family. However, in 1986 (2042 B.S. ), a tragic incident occurred when a student became ill and passed away while the school was operating at that location. Following this incident, members of the local community felt that the site was unsuitable for the school. Consequently, efforts began to identify a safer and more appropriate location. After considering alternatives, the community decided to establish the school approximately 150 metres west of its previous location, at a place known as Gadabari, near the boundary between the lands of Lil Bahadur Rai and Dev Bahadur Rai, north of Kalikadevi Temple. With the support and active participation of the local community, a school building was constructed there, and teaching and learning activities continued.
Community Contributions
The contribution of the local community has been instrumental in the development of the school. Residents supported the provision of land and the construction of the physical infrastructure necessary for its operation. According to the available documents, funds were subsequently collected through community donations, and the school land was formally registered in the school's name for NPR 25,000. This demonstrates the important role of community ownership, collective effort, and public participation in the establishment and development of the school.
Educational Development and Expansion of Classes
Initially, the school operated through private funding and resources. Over time, it gradually expanded its educational services from the primary level to the lower secondary and eventually the secondary level. By adding classes in successive stages, the school has continued to provide local students with opportunities to receive basic and secondary education within their own community. The process of class expansion and official approval is outlined below.
On 2045/11/02 B.S., the school received approval from the District Education Office, Udayapur, to operate Grade 1, marking a significant step forward in its educational development. Subsequently, on 2045/11/06 B.S., a resident, Indra Kumar Raut, was appointed as a teacher. Thereafter, the school gradually expanded its educational services by obtaining approval from the relevant authorities to operate Grades 6, 7, and 8, followed by Grades 9 and 10. In this process, students began participating in the School Leaving Certificate (SLC) examinations in 2011 (2068 B.S.) This achievement contributed significantly to establishing the school as an institution providing education up to the secondary level.
Current Status and Future Direction
Today, Shree Kalikadevi Secondary School has established itself as an important community school in Rautamai Rural Municipality. The school aims to develop into a model educational institution by providing quality, technology-friendly, child-friendly, student-centred, and practical education. It also plans to introduce educational programmes up to Grade 12 in the near future. The school aims to improve the effectiveness of teaching and learning through the development of internet facilities, a science laboratory, digital boards, a library, and the recruitment or management of subject-specific teachers, alongside the appropriate use of educational technology. The history of Shree Kalikadevi Secondary School is not merely a history of constructing buildings, adding classes, or expanding educational levels. Rather, it is a history of the educational awareness, collective efforts, sacrifices, cooperation, and shared commitment of the local community to educating future generations. Throughout its journey of more than four decades, the school has overcome numerous challenges to reach its present position. It is expected to continue improving the quality of education and making significant contributions to the educational and social development of the local community in the years ahead.
