परिकल्पना/दूरदृष्टि/दर्शन (Vision Statement)
'ज्ञान, सीप, सिर्जनशीलता, नैतिकता र जिम्मेवारीबोधले युक्त सक्षम नागरिक उत्पादन भएको'
'Produced capable citizens equipped with knowledge, skills, creativity, ethics, and a sense of responsibility'
ध्येय (Mission Statement)
'दक्ष तथा समर्पित शिक्षक, विधार्थीमैत्री शिक्षण–सिकाइ विधि, प्रविधिको उचित प्रयोग, व्यावहारिक तथा सीपमूलक शिक्षा र विद्यालय, अभिभावक, समुदाय तथा स्थानीय सरकारबीचको सहकार्यका माध्यमबाट ECD देखि कक्षा १० सम्म गुणस्तरीय, समावेशी र प्रभावकारी शिक्षा प्रदान गर्नु'
'Providing quality and inclusive education from Early Childhood Development (ECD) to Grade 10 through qualified and dedicated teachers, student-friendly teaching-learning practices, appropriate use of technology, practical and skill-based education, and active collaboration among the school, parents, community and local government.'
लक्ष्य (Goal)
'प्रत्येक विद्यार्थीले गुणस्तरीय शिक्षा प्राप्त गरी उच्च शिक्षाको तयारी, रोजगारी, उद्यमशीलता, जिम्मेवार नागरिकता तथा समाजमा सार्थक सहभागिताका लागि आवश्यक ज्ञान, सीप, मूल्य–मान्यता, सकारात्मक दृष्टिकोण, सिर्जनशीलता र आत्मविश्वास विकास गर्ने सुनिश्चित गर्नु।'
'To ensure that every student receives quality education and develops the knowledge, skills, values, attitudes, creativity and confidence necessary for further education, employment, entrepreneurship, responsible citizenship and meaningful participation in society.'
उद्देश्यहरु (Objectives)
(१) गुणस्तरीय शिक्षा: विद्यार्थीको सिकाइ उपलब्धि र शैक्षिक गुणस्तरमा निरन्तर सुधार गर्ने
(२) समावेशी शिक्षा: जात, भाषा, लिङ्ग, आर्थिक अवस्था, अपाङ्गता वा अन्य अवस्थाका आधारमा कुनै विद्यार्थीलाई पछाडि नपर्ने वातावरण निर्माण गर्ने।
(३) बालमैत्री वातावरण: सुरक्षित, स्वस्थ, अनुशासित र बालमैत्री विद्यालय वातावरण निर्माण गर्ने।
(४) सीप तथा प्रविधि: डिजिटल साक्षरता, जीवनोपयोगी सीप, व्यावहारिक ज्ञान र सिर्जनशीलताको विकास गर्ने।
(५) नैतिक तथा सामाजिक मूल्य: इमानदारी, अनुशासन, सहकार्य, सम्मान, जिम्मेवारी र देशप्रेमजस्ता मूल्य विकास गर्ने।
(६) स्थानीय ज्ञान र संस्कृति: स्थानीय भाषा, संस्कृति, परम्परा, वातावरण र स्रोतसँग शिक्षालाई जोड्ने।
(७) अभिभावक–समुदाय सहकार्य: विद्यालयको शैक्षिक विकासमा अभिभावक, समुदाय र स्थानीय सरकारको सहभागिता बढाउने।
(८) भविष्यका लागि तयारी: विद्यार्थीलाई उच्च शिक्षा, प्राविधिक/व्यावसायिक शिक्षा, रोजगारी तथा उद्यमशीलताका लागि तयार गर्ने।
आदर्श वाक्य (Motto)
Striving for Quality Education, Character, and Citizens for Holistic Development.
सर्वाङ्गीण विकासका लागि गुणस्तरीय शिक्षा, चरित्र र नागरिक निर्माणको प्रयास
मूल्यहरु (Values)
(१) गुणस्तर र उत्कृष्टता — शिक्षण–सिकाइ तथा विद्यालयका सबै कार्यमा गुणस्तर र उत्कृष्टता कायम गर्नु।
(२) इमानदारी र नैतिकता — सत्यनिष्ठ, पारदर्शी, जिम्मेवार र नैतिक व्यवहारलाई प्राथमिकता दिनु।
(३) अनुशासन र जिम्मेवारी — समयपालन, आत्मअनुशासन, कर्तव्यबोध र जिम्मेवारीको विकास गर्नु।
(४) समावेशिता र समानता — जात, लिङ्ग, भाषा, धर्म, अपाङ्गता वा आर्थिक अवस्थाको भेदभावबिना सबैलाई समान अवसर प्रदान गर्नु।
(५) बालमैत्री र सम्मान — प्रत्येक बालबालिकाको अधिकार, विचार, भावना र मर्यादाको सम्मान गर्दै सुरक्षित तथा बालमैत्री वातावरण निर्माण गर्नु।
(६) सिर्जनशीलता र नवप्रवर्तन — विद्यार्थीमा जिज्ञासा, आलोचनात्मक सोच, सिर्जनशीलता र नयाँ कुरा सिक्ने क्षमता विकास गर्नु।
(७) सहकार्य र सामूहिक भावना — शिक्षक, विद्यार्थी, अभिभावक, समुदाय र स्थानीय सरकारबीच सहकार्य र साझेदारीलाई प्रोत्साहन गर्नु।
(८) जीवनोपयोगी सीप र आत्मनिर्भरता — विद्यार्थीलाई व्यावहारिक ज्ञान, डिजिटल सीप, जीवनोपयोगी सीप, उद्यमशीलता र आत्मनिर्भरताका लागि तयार गर्नु।







































